काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह को नेतृत्वमा शक्तिशाली सरकार गठन हुँदैछ । रास्वपाले २१ फागुनको सम्पन्न भएको प्रतिनिधिसभाको

निर्वाचनमा अभूतपुर्व सफलता हात पारेको छ । रास्वपा दुई तिहाई बहुमतबाट जम्मा २ सिटमात्रै तल परेको छ । उसले प्रत्यक्षतर्फ १२५ सिटमा जित हात पार्दा समानुपातिकतर्फ ५७ सिट पाएको छ ।

advertisement

संसद्मा रास्वपाको १८२ सिट पुगेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाई पुग्नको लागि १८४ सिट चाहिन्छ । जुन रास्वपासँग दुई जनामात्रै सांसदको कमी छ ।

नयाँ संसद्को आकार आईसकेकोले र रास्वपा एक्लैले अत्यधिक बहुमत हात पारेकोले अब केही साताभित्रै बालेन शाह मुलुकको प्रधानमन्त्री बन्दैछन् ।

नेपालको राजनीतिक इतिहासमा सबभन्दा कान्छो प्रधानमन्त्रीको रुपमा बालेनले देशको नेतृत्व सम्हाल्दैछन् । अहिले सरकार गठनअघि नै बालेनले आफ्नो क्याविनेटमा कस्तो टिम ल्याउँछन् भन्ने चासो बढेको छ ।

रास्वपामा बालेन प्रवेशअघि यसका नेताहरुले विज्ञहरुको टिमले सरकार चलाउने वकालत गर्दथे । अहिले रास्वपाका १८२ जना सांसदहरुमध्ये धेरै विधाका पोख्त व्यक्तिहरु छन् ।

त्यसैले रास्वपाले यसपटक सांसद नभएका व्यक्ति खोज्नुपर्ने कुनै बाध्यता छैन् ।

रास्वपाभित्रै सांसद जितेर आएकाहरु नै एकसेएक विज्ञ भएकोले बालेनलाई सांसद् नभएको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने कुनै बाध्यता छैन् ।

बालेनले आफ्नो नेतृत्वमा बन्ने अबको सरकारको लागि कस्तो टिम बनाउने भन्ने विषयमा छलफलपनि प्रारम्भ गरेको बताईन्छ ।

उनले रास्वपाले सार्वजनिक गरेको वाचापत्रअनुसार १८ जनाभन्दा तलको संख्या रहनेगरि मन्त्रिपरिषद् बनाउने भएका छन् ।

रास्वपानिकट उच्चस्रोतका अनुसार बालेनले १५ जनाको सानो तथा स्मार्ट टिम बनाउने भएका छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com