काठमाडौँ । अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।
आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार
प्रतिक्रिया