काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि १५ दिने अल्टिमेटम जारी गरिएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले व्यवसायी प्रसाईंलाई कर तिर्न १५ दिने अल्टिमेटम दिएको हो ।

व्यवसायी प्रसाईंले बिएण्डसी मेटिकल कलेजको आम्दानीको आयकर तिरेका छैनन् । तिर्नुपर्ने आयकर नतिरेपछि राजस्व कार्यालयले १५ दिनभित्र आयकर बुझाउन उनलाई १५ दिने अल्टिमेटम दिएको हो ।

यता व्यवसायी प्रसाईंले भने मेडिकल कलेज नचलेको र व्यवसाय नभएको भन्दै कर तिर्नु नपर्ने अडान लिँदै आएका छन् । पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

 

प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com