काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले रेशमलाल चौधरीले आममाफी पाएकोप्रति खुसी व्यक्त गरेका छन् । सोमबार साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीको रिहाइले आफू खुसी भएका बताए ।

चौधरीको रिहाइका लागि आफूले पनि थुप्रैपल्ट प्रदर्शन गरेको बताउँदै उनले लेखेका छन्, ‘सागर बरु सुकेर गइजाला जान्न माया कहिले नसुकेर । यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें । उहाँको संगीत हो यो । अनेकनचोटि मैले उहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें । आज म खुसी छु ।’

टीकापुर घटनामा मुख्य योजनाकार ठहर भइ ६ वर्षदेखि जेल जीवन बिताइरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसर सोमबार आममाफी दिइएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com