काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले औंठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको बताएका छन्।

कलाकारहरूलाई पार्टी प्रवेश गराउँदै उनले बदनियतपूर्वक ट्रोल बनाएर झूट फैलाएको बताएका हुन्।

‘एउटा मानिसले हाकाहाकी झूट बोल्ने कुकर्म कस्तो गर्छ होला? केपी ओलीको फोटोमा हातभरि सुनैसुन लगाएको, यता पनि सुनैसुनका, बोकिनसक्नु सुनैसुन, त्यति सुन म बोक्न पनि सक्दिनँ होला’ उनले भने।

अध्यक्ष ओलीले अहिलेसम्म औंठीसमेत नलगाएको बताए।

‘सानै हुँदा आमा बित्नु भयो। यो तैंले लगा भनेर आमाले लगाउने गर्नु भएको औंठी दिएका थिए। तीनचार दिन लगाएँ, त्यो औंठीले बडो डिस्टर्ब ग¥यो। औंठी लगाएपछि पटकपटक आमा सम्झन थालें। त्यसपछि त्यो औंठी लगाइन। तर, अहिले बोक्न नसक्नेगरी सुन लगाएर यति साह्रो झूट फैलाए,’ उनले भने।

पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालिएको भनेर माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका थिए। एमालेले विरोध गर्दै संसद बैठक नै अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रष्टीकरण दिनुपरेको थियो। र, संसद्को रेकर्डबाटसमेत हटाइएको थियो।

जलहरी प्रकरणले सदन तातेपछि सामाजिक सञ्जालमा ओलीको तस्बिरमा सुनैसुन लगाएर ट्रोल बनाइएको थियो।

ओलीले त्यसैको जवाफ फर्काएका हुन्।

 

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com