काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपालको संसद भवनमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने बताएकी छिन्। बिहीबार निर्माणाधीन नयाँ संसद् भवनको अनुगमनका क्रममा उनले यस्तो बताएकी हुन्।

भारतले आफ्नो संसद भवनमा नेपालको लुम्बिनी समेटेर ‘अखण्ड भारत’को नक्सा सार्वजनिक गरेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उपसभामुख रानाले नेपालले पनि स्ट्यान्ड लिनुपर्ने धारणा राखेकी हुन्।

‘अरूले जेसुकै भने पनि मलाइ त मेरो देश नेपाल महानेपाल हुनुपर्छ। अरूले ग्रेट इन्डिया भन्छ भने हामीले ग्रेट नेपाल भन्छौँ। त्यसमा हामीले स्ट्यान्ड लिनुपर्छ,’ उनले भनिन्।

 

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com