काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आफू काठमाडौं बाहिर जानुपर्ने भएको भन्दै उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मा दिएका छन् ।

उनले आफू जेठ १८ गतेदेखि बाहिर जानुपर्ने उल्लेख गर्दै उपमेयर सुनितालाई जिम्मेवारी दिएका हुन् । ‘म मिति २०८०/०२/१८ देखि कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मको लागि कार्यवाहक प्रमुख भई कार्य गर्नुहुन सूचित गर्दछु’, बालेनले लेखेका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com