काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आउने निर्वाचनमा कि भ्रष्ट सकिने वा त्यो नभए आफ्नो पार्टी सकिने बताएका छन्।
शनिबार दाङको घोराहीमा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वसाधारणको ठूला दलहरू प्रति वितृष्णाकै कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताए।
‘हामी जनताका पक्षमा काम गर्छौं र भ्रष्ट दलहरू एक ठाँउमा रहन सक्ने छैनन्,’ उनले भने, ‘२०८४ को निर्वाचनले कि हामी सकिन्छौं, कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने छ।’
अब आउने निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न पनि उनले ठूला दलहरूलाई आग्रह गरेका थिए।
प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार
प्रतिक्रिया