काठमाडौं । सत्ता र शक्तिको दुरुपयोग गर्दै सरकारले नागरिकमाथी ज्यादती गरेको भन्दै वीर गोर्खाली अभियानले आपत्ति जनाएको छ।

वीर गोर्खाली अभियानले एक विज्ञप्ति जारी गर्दै भनेको छ – ‘आज हजारौं नागरिकलाई काठमाडौ लगायत देशका विभिन्न ठाँउहरुमा गरिएको दमन धरकपट र पक्राउ प्रती वीर गोर्खाली अभियान घोर भत्सर्ना गर्दछ।’

प्रदर्शनका लागि तिनकुनेमा भेला हुँदै गरेका सयौं प्रदर्शनकारीलाई आज प्रहरीले गिरफ्तार गरेको थियो।

प्रहरीले पक्राउ गरेका केहिलाई छोड्ने तयारी गरेको छ भने केही प्रदर्शनकारीलाई सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ।

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई वीर गोर्खाली अभियानले साथ र सहयोग गर्दै आइरहेको छ।

 

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com