काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिक्किम राजा हुँदाहुँदै भारतमा विलय भएको देखाउँदै राजावादीहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिक सर्वोच्चता छाडेर व्यक्तिको सर्वोच्चता सचेत मानिसले नमान्ने बताए।
उनले जन्मँदै राजा हुने प्रथा अन्धविश्वासको पराकाष्ठा भएको टिप्पणी गरे।
‘कसैकसैले राजा भयो भने राष्ट्रियता बलियो हुन्छ भनेको पनि सुनिन्छ,’ अध्यक्ष ओलीले भने, ‘भारतमा लगभग ५ सय ६५ रजौटा थिए। ५ सय ६५ रजौटा कायम हुनुपर्थ्यो नि, ती राज्य कायम हुनुपर्थ्यो नि! राजासहितको स्वतन्त्र देश थियो सिक्किम, राजा त थिए त त्यहाँ? राजा हुँदा देश बँच्दो रहेछ त?’
प्रकाशित मिति: १६ पुस २०८०, सोमबार
प्रतिक्रिया