काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले काँग्रेसका नेताको पनि फाइल खोले यसका लागि आफूहरू तयार रहेको बताएका छन् ।

संसद बैठकपछि आज पत्रकार सम्मेलन गर्दै थापाले रास्वपा नेताले काँग्रेसका नेताको पनि फाइल खोल्ने भनेर दिएको चेतावनीदिएपछि यसका लागि तयार रहेको बताएका हुन् ।

उनले भने, ‘हामी सरकारमा छौँ भनेर बिर्सिनुभएको हो कि जस्तो लाग्छ । कुन कुन फाइल खोज्नुपर्ने हो खोल्दा हुन्छ । धमाधम खोले हुन्छ । सबै फाइल खोल्नुस् । यो फाइल खोल्छौँ, त्यो फाइल खोल्छौँ भन्ने सुनिरहेका छौँ । सरकारमा बस्नेले यो खोल्छौँ र त्यो खोल्छौँ भन्ने नै होइन । गर्ने हो । हामी तयार छौँ ।’

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com