काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकलाई समाइएको भन्दै मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित भएका छन्।

मेयर बालेनले चालकहरुलाई तत्काल ससम्मान रिहा नगरे सिहदरबार लगायत सबै पार्टीका कार्यालय तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा उनी लेख्छन् ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन ।’

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com