काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयमै पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका हुन्।

‘माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सोरिहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर ‘प्रचण्ड’ लगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौँ ! आज उनै ‘प्रचण्ड’ ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु ’’ उनले भने ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com