काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादी पार्टीको ग्राफ बढिरहेको दाबी गरेका छन् ।

पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले काँग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

पुनले भने, ‘एकथरि मान्छेले ८४को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्,हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । यथार्थमा हाम्रा ८ लाख जति सदस्य छन्, एमाले र काँग्रेसका १०, १२ लाखको दाबी छन् । यसरी हामी एकै खालमा छौँ जनतामा जाँदा । बरु माओवादीको ग्राफ बढिरहेको छ र काँग्रेस र एमालेजस्ता पुराना संसदवादी विकृतिका डङ्गुर हुन् भनिरहेका छन् । आज सामाजिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीको विरोध किन भइरहेको छ ? छेउमा भ्रष्टाचारीलाई राखेर म भ्रष्टाचार गर्दिन भन्दा जनताले पत्याएनन् ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com