काठमाडौं । हवाई उडानलाई लिएर गायिका समीक्षा अधिकारी र र ज्योति मगरबिच जुहारी चलेको छ।

आइतबार गायिका समिक्षा अधिकारीले श्री एयरलाइन्सको जहाज डिले हुँदा आफूले कार्यक्रम नै छाड्नु परेको भन्दै सामाजिक सञ्जालमा लेखेको थिइन्।

Advertisement
Advertisement

समीक्षाले लेखेकी थिइन्, ‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्। केही दिनअघि पनि मैले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु।’

समिक्षाको यो भनाइप्रति गायिका ज्योति मगर खनिएकी छन् । उनले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी छिन् ।

ज्योतिले लेखेकी छिन्,’म अचेल प्रत्येक दिन २ ओटा जति फ्लाइट गर्छु एक दिन त मैले बिहान बिराटनगर टु काठमान्डु टु पोखरा टु काठमाडौँ टु नेपालगन्ज गरेर ४ ओटा फ्लाइट सम्म गरे… मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्‍यो… किन कि प्रकृति भन्दा माथि हामी कोही छैन… भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकार हरु आज भोलि अधिकांश एयरलाइन्स लाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठूलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ बरै…’

मगरले फलानो एयरलाइन्स ठिक छ फलानो एयरलाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी भएको पनि बताएकी छिन्।

उनले भनेकी छिन्, ‘फलानो एयरलाइन्स ठिक छ फलानो एयरलाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो…प्रीय कलाकार हरु आजभोलि एउटा नियम छ एर्पोट भित्र जहाज को ओरिपरी फोटो खिच्न पाइँदैन पिलेन तिर फर्केर फोटो खिचेर आफूलाई भयङ्कर ठूलो व्यस्त कलाकार नदेखाउनु होला… कलाकार हुनु भन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौँ धन्यवाद।’

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com