काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिका तामाङ अहिले प्रहरी हिरासतमा छिन्। उनीमाथि अभद्र व्यवहारको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

बुधबार काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिई हिरासतमा राखिएकी तामाङको म्याद थप्ने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ। गौशाला प्रहरी चौकीमा रहेको तामाङले छोराछोरीसँग सम्पर्क नभएको बताउँदै आफ्ना दुवै मोबाइल प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिइन्।

Advertisement
Advertisement

आशिकाको भनाई उद्धृत गर्दै उनको आधिकारी हेन्डलमा लेखिएको छ ‘मलाई हिरासतमा राखिएपछि मेरा छोराछोरीले जर्मनीमा रहेका आफ्ना बुबासँग पनि सम्पर्क गर्न पाएका छैनन्,’ उनले छोराछोरीलाई सम्झिँदै भनीन्, ‘उनीहरूलाई भनिदेऊ कि आमा गाउँ गएकी छिन्, दुईचार दिनमा काम सकेर फर्कन्छिन्।’

तामाङले आफ्नो गल्ती स्वीकार्दै माफी मागिसकेको उल्लेख गरिन्। उनले भनिन्, ‘मलाई मेरो गल्तीको महसुस छ, त्यसैले माफी मागिसकेको छु। तर, अब मलाई भक्तपुर चौकी लैजाने र म्याद थप्ने कुरा भइरहेको छ। हिरासतमा बस्न वा जेल जान मलाई कुनै डर छैन, तर छोराछोरीको अवस्थाबारे भने निकै चिन्तित छु।’

२४ पुसमा पशुपति क्षेत्र विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको घटनामा अभद्र व्यवहारको आरोप लागेपछि २६ पुसमा कोषले प्रहरीमा जाहेरी दिएको थियो। त्यसकै आधारमा तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

तामाङले प्रहरीलाई उचित अनुसन्धान गर्न आग्रह गर्दै छोराछोरीको अवस्थाबारे भने विशेष ध्यान दिन अनुरोध गरेकी छन्। उनले हिरासतमा समेत छोराछोरीका लागि पैसा र खाना व्यवस्थापनका लागि सुझाव दिँदै मानवीय अभिव्यक्ति व्यक्त गरेकी छिन्।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com