काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उनको केही बेरअघि हर्नियाको शल्यक्रिया गरिएको छ । सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो ।
पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । अस्पतालमा डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो । करिब डेढ घण्टामा शल्यक्रिया सकिएको हो । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोश बनाइएको थियो ।
सन्दीप ४-५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले बताए । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् ।
प्रकाशित मिति: १० माघ २०८१, बिहिबार
प्रतिक्रिया