विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।
बिहान ७:४९ बजे भारतबाट रिक्सा मार्फत मानव कंकाल ल्याउँदै गरेका विराटनगर-१७ का विनोद रायलाई प्रहरीले पक्राउ गरेको हो। सीमामा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट ३८ वटा मानव खप्पर र १० थान नली खुट्टाको हड्डी बरामद गरेको छ।
प्रहरीले रायको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २१ माघ २०८१, सोमबार
प्रतिक्रिया