काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका विबादित ब्यापारी चन्द्रप्रसाद ढकाल निजी क्षेत्रको छाता संस्थाका प्रमुख हुन्। बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकालको व्यावसायिक इतिहास लामो छैन्।
नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई रेमिट स्थापना गरेका ढकाल छोटो समयमा नै उल्लेखनीय व्यावसायिक सफलता हात पार्न सफल भएका व्यवसायीमध्ये पर्छन्। तर, केही विश्लेषकहरू भन्छन्— ‘कुनै पनि शक्ति दुरुपयोग नगरी, सेटिङबिना वा अनैतिक माध्यम प्रयोग नगरी यति तीव्र आर्थिक उन्नति सम्भव हुँदैन।’ ढकाल आईएमई ग्रुपका मालिक समेत हुन्।
ढकाल राज्यको स्रोत-साधन तथा शक्ति परिचालन गर्न विभिन्न हत्कण्डा अपनाउन पछि पर्दैनन्। उनले रेमिटेन्स, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रमा लगानी गरेका छन्।
पछिल्लो समय उनले पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै सातवटै प्रदेशमा “आधुनिक विकास” को नाममा केवलकार निर्माणको विस्तार गरिरहेका छन्। चन्द्रागिरी हिल्स प्रालि द्वारा सञ्चालित चन्द्रागिरी केवलकार पनि उनकै स्वामित्वमा छ। उक्त केवलकारले सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालन गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो। कानूनी विश्लेषकहरूका अनुसार, ढकालले अदालतलाई नै प्रभावित गरी केवलकारकै पक्षमा फैसला गराउन सफल भएका थिए।
पछिल्लो समय पाथिभरा जाने मार्गमा अहिले दिनहुँ ‘गो ब्याक चन्द्र ढकाल’ र ‘नो केवलकार’ को नारा चर्किरहेको छ। प्रतिस्पर्धाबिनै देशभरका पहाडहरूमा केवलकार बिस्तारको कार्य तिब्रताका साथ गरिरहेका चन्द्र ढकालको पाथीभरा केवलकार योजनाको बिरुद्ध स्थानीयहरूले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।
केबलकार बनाउने नाममा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका ढकाल र उनको स्वामित्वमा रहेको निजि कम्पनीको फाइदाका लागि राज्य संयन्त्रको दुरुपयोगगरी सामुदायिक जंगलको व्यापक फडानी भएको छ।
स्रोतका अनुसार ताप्लेजुङ जिल्लाको फुङ्लिङ–११ मा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७४ किलोमिटर लामो केबलकार निर्माणका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका विवादित ब्यापारी ढकालको कम्पनी पाथीभरा दर्शन केबलकार प्रा.लि ले सरकारी संयन्त्रको सेटिङ्गमा केबलकारको बाटो पर्ने क्षेत्रमा हजारौं रूख काटिसकेको छ।
पाथीभरा केवलकार परियोजनाको विरोधमा जारी आन्दोलनमा प्रहरी दमन रोकिएको छैन। आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गर्नुका साथै आन्दोलनकारीका नेताहरूलाई पक्राउ गर्न थालेको छ।
विवादित ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी पाथिभरामा केबलकार बिस्तारको काम थालनी गरेका छन्। जसका कारण प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ। पाथिभरामा केवलकार बिस्तार गरेर पाथिभरा क्षेत्र व्यावसायिक प्रयोजनको लागि हडप्ने नितिमा अगाडि बढेका बिबादित व्यापारी ढकालले प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा देखिन्छन्।
ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको भन्दै सरकारको निति नै आफ्नो निकट ब्यापारी पोस्ने र नागरिक ठोक्ने भएको स्थानीयको भनाई छ। मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत स्थानीय युवाहरूमाथी प्रहरीले गोली बर्साउँदा ३ जना गम्भीर घाइते समेत भएका छन् भने पछिल्लो समय आन्दोलन चर्किरहेको छ।
केवलकार देखी होटल व्यवसायसम्म सन्चालन गरेर पाथिभरा पनि हडप्ने दाउमा रहेका ढकालको ब्यापारीक फाइदाको लागी स्थानिय धार्मिक सम्प्रदायको धार्मिक मूल्य-मान्यतामाथी समेत प्रहारगरि राज्यले सरकारी सम्पत्ति समेत ब्यक्तिलाई सुम्पिएर प्राकृतिक सम्पदाको दोहन गराउनु उचित नभएको जानकारहरु बताउँछन्। त्यसैको बिरोधमा केही समय देखी ताप्लेजुङ लगायत राजधानी केन्द्रीत आन्दोलन चर्किरहेको छ।
प्रकाशित मिति: २१ माघ २०८१, सोमबार
प्रतिक्रिया