काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुनै एक व्यापारीको व्यबसायिक स्वार्थका लागि पाथीभरा मन्दिरमा केबलकार निर्माण गर्न नहुने स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङदेनले जनतामाथि गोली चलाएर दमन गरी केबलकार बनाउन जरुरी नरहेको बताए। उनले सरकार एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरूको कमिसन र शेयर सुरक्षाका लागि जनतामाथि दमन गर्न खोजेको आरोप लगाए।

Advertisement
Advertisement

उनका अनुसार, केबलकार आवश्यक छ वा छैन, यसले स्थानीय जनतालाई कति फाइदा पुर्‍याउँछ, मन्दिरको मौलिकता र सनातन परम्परामाथि प्रभाव पार्छ कि पार्दैन भन्ने गम्भीर अध्ययनपछि मात्र निर्माण कार्य अघि बढाइनु पर्छ। त्यसैले उनले हाललाई केबलकार निर्माण रोक्नुपर्ने र प्रहरी दमन तुरुन्त अन्त्य गर्नुपर्ने माग गरे।

यदि सरकारले व्यवसायीको व्यक्तिगत स्वार्थका लागि मात्रै निर्णय लिँदै जनतालाई दमन गर्न खोजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी समेत उनले दिए।

लिङदेनका प्रमुख मागहरू:

  • केबलकार निर्माण तत्काल रोक्नु पर्ने।
  • जनतामाथि भएको प्रहरी दमन अन्त्य हुनुपर्ने।
  • सरकारले वार्ता र संवादको वातावरण बनाउनुपर्ने।
  • थुनामा परेका नागरिकहरूलाई तत्काल रिहा गर्नुपर्ने।
  • घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने।

उनले भने, “सरकारले यदि व्यवसायीका निजी फाइदाका लागि मात्रै निर्णय गर्दै जनतालाई दमन गर्ने नीति लिन्छ भने, हामी दृढताका साथ प्रतिवाद गर्छौं।”

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com