काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज (मंगलबार) श्रीमती सोफियासहित नेपाल भ्रमणमा आउँदै छन्। सुरक्षा स्रोतका अनुसार उनीहरू दिउँसो छुट्टाछुट्टै विमानमार्फत काठमाडौं अवतरण गर्नेछन्।

राजकुमार एडवार्ड बेलायती राजा चार्ल्स तृतीयका कान्छा भाइ हुन्, भने उनकी श्रीमती सोफिया उनकी बुहारी हुन्। नेपाल भ्रमणका क्रममा उनीहरूले सामाजिक तथा स्वास्थ्य संस्थाहरूको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।

Advertisement
Advertisement

गृह मन्त्रालयका अनुसार उनीहरू माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल र भक्तपुरको एसओएस बालग्राम भ्रमण गर्नेछन्। साथै, राजकुमार एडवार्ड र उनको टोली पर्यटकीय शहर पोखरा पनि जानेछन्।

नेपाल भ्रमणका दौरान राजकुमार एडवार्ड र उनको टोलीको सुरक्षाका लागि नेपाल प्रहरीको ल पीएसओ (प्रोटेक्शन सेक्युरिटी अफिसर) परिचालन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

बेलायती राजपरिवारको आधिकारिक वेबसाइटका अनुसार उनीहरूको सन् २०२५ को पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट सुरु हुने जानकारी गत १४ जनवरीमा सार्वजनिक गरिएको थियो।

सुरक्षा स्रोतका अनुसार राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कनेछन्।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com