काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार
प्रतिक्रिया