काठमाडौं । चितवनको साहारा सहकारी ठगी प्रकरण मा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नो पदको दुरुपयोग गरी श्रीमती निकिता पौडेल र उनी आबद्ध गोपिकृष्ण मुभिज को नाममा ठूलो रकम भुक्तानी गरेको खुलासा भएको छ।

मंगलबार दायर गरिएको अभियोगपत्रअनुसार, रविले गोरखा मिडिया नेटवर्क प्रा.लि. को बैंक खाताबाट निकिता पौडेल को नाममा चार वटा चेक काटी रु. ५९ लाख ३८ हजार २ सय ५१ भुक्तानी गरेका थिए। त्यसैगरी, गोपिकृष्ण मुभिज को नाममा थप दुई वटा चेक काटेर रु. ८१ लाख २५ हजार भुक्तानी गरिएको उल्लेख छ।

Advertisement
Advertisement

प्रबन्ध निर्देशकको हैसियतमा चेक जारी

अभियोगपत्रअनुसार, लामिछाने २०७७ पुस ३० गते प्रबन्ध निर्देशकका रूपमा नियुक्त भएका थिए। त्यसपछि २०७७ चैत मा सेयर होल्डर बनेका उनी २०७९ असार २ गते संस्थाबाट औपचारिक रूपमा अलग भएका थिए। तर, उनको पदावधि अघि र पछि दुवै समयमा चेक काटिएको देखिएको छ।

८१४ वटा चेकमार्फत ४८ करोडभन्दा बढी भुक्तानी

अभियोगपत्रमा उल्लेख भएअनुसार, साहारा सहकारीबाट गोरखा मिडियामा जम्मा भएको रकम मध्येबाट लामिछानेको एकल हस्ताक्षरमा ८१४ वटा चेक काटी रु. ४८ करोड ५८ लाख २२ हजार २ सय ४६ भुक्तानी गरिएको थियो। थप रु. ६० लाख १९ हजार चेकमा जीबी राई को समेत हस्ताक्षर रहेको उल्लेख छ।

यो घटनाले साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता गहिरो रहेको अभियोग पत्रमा देखिएको छ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com