चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता भएको छ। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले यसअघि सहकारी ठगीमा संलग्न १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

यस अभियोगपत्रमा प्रतिवादी छबिलाल जोशीको बयान पनि समावेश गरिएको छ। जोशीले आफ्नो बयानमा साहारा चितवन सहकारीसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।

Advertisement
Advertisement

जोशीले गोरखा मिडिया नेटवर्क प्रा.लि. को संस्थापक शेयरधनी रहेको स्वीकार गरे पनि एक वर्षपछि आफूले त्यो हिस्सा छाडेको बताए। उनले भने, मैले संस्थापक शेयर होल्डर तथा कार्यकारी अध्यक्ष गीतेन्द्र बाबु राईलाई नै सम्पूर्ण जिम्मेवारी सुम्पेर बाहिरिएको हुँ। म संलग्न हुँदा वा बाहिरिँदा गोरखा मिडिया नेटवर्कको दैनिक आर्थिक कारोबारको व्यवस्थापनमा मेरो कुनै भूमिका थिएन। सबै जिम्मा गीतेन्द्र बाबु राई र रवि लामिछानेकै थियो। त्यसैले सहकारीसम्बन्धी कुनै पनि आर्थिक गतिविधि, पैसा उठाउने वा खर्च गर्ने प्रक्रियाबारे मलाई केही थाहा छैन। कुनै छलफल, निर्णय (मिनेट) वा समझदारीमा म संलग्न भएको छैन। त्यसैले यी सबै कुरा गीतेन्द्र बाबु राई र रवि लामिछानेलाई नै थाहा होला।’

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com