काठमाडौं । पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित गर्ने सहमति भएको छ। सरकार र आन्दोलनरत पक्षबीच मंगलबार सम्पन्न वार्तामा केबलकारको स्टेसनमाथिको निर्माण कार्य रोक्ने र स्टेसनसम्बन्धी विस्तृत छलफल आगामी माघ २७ गते हुने वार्तामा गर्ने सहमति जुटेको हो।
ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, साथै मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति निरन्तर आन्दोलन गर्दै आएका छन्।
यस विषयमा गृह मन्त्रालयद्वारा गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरूबीच वार्ता सहजीकरण समितिको बैठक बसेको थियो। बैठकमा निर्माण कार्य रोक्ने लगायत ६ बुँदे सहमति भएको छ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार
प्रतिक्रिया