काठमाडौं – पोखरा महानगरपालिकाले प्रस्तावित धार्मिक अनुष्ठान (कोटिहोम) पोखरा महानगरभित्र आयोजना गर्न नदिने जनाएको छ। मेयर धनराज आचार्यले पोखरामा यस्तो धार्मिक अनुष्ठान गर्न नदिने घोषणा गरेका हुन्।
‘कोटिहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पर्यटकीय शहर पोखरामा ध्वनि बालेर हवन हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो । हामीले अनुमति पनि दिएको छैन ।’
मेयर आचार्यका अनुसार, पोखराको लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढी हुने भएकाले त्यहाँ यस्ता लामो समयसम्म चल्ने धार्मिक कार्यक्रमहरू गर्दा पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेछ। उनले थपे, “फेवातालको डिल कोटिहोम लगाउने ठाउँ होइन, स्थानीय तहको अनुमति बिना यस्ता कार्यक्रम गर्न सकिँदैन।”
कन्सर्ट’ गर्न लाखौं रकम छुट्टाउने महानगरपालिकाले धार्मिक अनुष्ठान गर्न नदिने भन्नुले मेयर आचार्यको नियती हिन्दु धर्मलाई वायस गर्ने रहेको धार्मिक अभियान्ताहरु बताउँछन्।
वडाको अनुमति, मेयरको निषेध !
स्थानिय वडासँग मानव सेवा फाउन्डेसनले सहमती समेत गरिसकेको छ। पोखरा महानगरपालिकाले कोटिहोमका लागि आवश्यक दाउरा(समिदा) समेत उपलब्ध गराएको थियो। तर, पछिल्लो समय मेयर धनराज आचार्यले कोटिहोम हुनै नदिने अडान लिएका छन्।
पहिल्यै महानगरपालिकाले काटेको वर, पिपल र चाँपका रुखका दाउराहरु कोटिहोमको लागि समिदा निशुल्क प्रयोग गर्न दिने भनी मानव सेवा फाउन्डेसनलाई संकलन गर्न लगाएको स्थानिय निकायले पछि उक्त रुखहरु कोटिहोम आयोजक ‘मानव सेवा फाउन्डेसन’ले काटेको भनि मेयर धनराज गुरुङले भ्रम सिर्जना गरेका थिए। यसबाट पनि मेयर आचार्यले कोटिहोमलाई विबादित बनाएर धार्मिक अनुष्ठान गर्न नदिने रणनीति लिएको बुझिएको छ।
यसले स्थानीय धार्मिक समुदायमा असन्तोष बढाएको छ। कतिपयले यो कदमलाई धार्मिक स्वतन्त्रतामाथि हस्तक्षेपको रूपमा लिएका छन् भने केहिले पर्यटन र वातावरणीय सन्तुलनको पक्षमा उठाइएको आवश्यक कदम ठानेका छन्। अब, यस विषयमा स्थानीय स्तरमै कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले नै विवादको दिशा निर्धारण गर्ने देखिन्छ।
यता, मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय भण्डारीले जस्तोसुकै मुल्य चुकाउन परेपनि गण्डकी काेटिहाेम नरोकिने जनाउँदै सामाजिक संजालमा लेख्छन्, – ‘जस्तोसुकै मुल्य चुकाउन परेपनि गण्डकी काेटिहाेम राेकिने वाला छैन, काेहिपनि भ्रममा नपर्नुहाेला, अवरोध गर्नेलाई महंगो पर्नेछ। सबै सनातनी जागाैँ, गण्डकीका आम सनातनीहरुलाई याे ठूलो माैका र अवसर हाे , सबैले बुझ्नुहाेला।’
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार
प्रतिक्रिया