काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतले भोलि १० बजे उपस्थित गराउने गरी प्रहरी हिरासतमा राख्न आदेश गरेको छ ।
आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
लामिछानेविरुद्ध मंगलबार सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आज सरकारी वलिकका तर्फबाट पाँच जना वकिलले बहस गरेका छन् भने लामिछानेका तर्फबाट एक जनाले बहस गरेका छन् ।
अब लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीनजनाले बहस गर्न बाँकी रहेको छ ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार
प्रतिक्रिया