काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रलाई उल्ट्याउने दुस्साहस भइरहेको टिप्पणी गरेका छन् । यो दुस्साहसलाई परास्त गर्न फेरि आन्दोलनको आवश्यकता देखिएको प्रचण्डको भनाइ छ ।
बुटवलमा बुधबारदेखि शुरू भएको मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापका कारण देशमा फेरि परिवर्तनका उपलब्धि उल्टाउने षडयन्त्र भइरहेको बताए । त्यसका विरुद्ध धावा बोल्न आवश्यक रहेको प्रचण्डले बताए ।
‘जनताको रगत पसिनाबाट आएको उपलब्धि उल्ट्याउन इतिहासबाट मिल्काइएका शक्ति देखापरेका छन्’ प्रचण्डले भने, ‘पार्टीले आवश्यक ठानेको बेला काठमाडौंमा उपलब्धि रक्षाका लागि लाखौं संख्यामा गरिने आन्दोलनका लागि तयार रहनुस् ।’
प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार
प्रतिक्रिया