काठमाडौं । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–६ का १५ वर्षीय राजेश कुमालको सिस्तुङमा रहेको छल्दी खोलामा नुहाउने क्रममा डुबेर हिजो ज्यान गएको प्रहरीले जानकारी दिएको हो।
खोलामा नुहाउन भनेर गएका कुमाल पानीमा डुबेको थाहा पाएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार
प्रतिक्रिया