काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको प्रभाव सरकारको उच्चतम तहसम्म पुगेको गम्भीर आरोप लगाएका छन्।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको संकटको प्रमुख कारण बिचौलिया प्रवृत्ति भएको स्पष्ट पारे। “बिचौलिया र निजी क्षेत्र छुट्टाछुट्टै कुरा हुन्, दुबैलाई एउटै मानेर बुझ्न मिल्दैन,” थापाले भने, “अहिलेको समस्याको जरो बिचौलिया मानसिकता र त्यसको शासन प्रशासनमा बढ्दो पहुँच हो।”

महामन्त्री थापाले सरकारको नेतृत्व तहमै बिचौलियाको गहिरो पहुँच पुगेको दाबी गर्दै भने, “स्थिति यस्तो छ कि बिचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म सीमित भएको छ।” उनले थपे, “पहिला राष्ट्र बैंकको गभर्नर नियुक्तिमा योग्यताको चर्चा हुन्थ्यो, तर आज खुलेआम बिचौलियाको उम्मेदवार भनेर बहस हुन थालेको छ, जुन चिन्ताजनक अवस्था हो।”

थापाले आफूहरू परिवर्तनको चाहनासहित राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै भने, “हामी फोहोर सफा गर्न पोखरीमा पसेका हौं। बाहिरबाट हेर्दा हामी फोहोरमा मिसिएको देखिन सक्छ, तर हाम्रो उद्देश्य त्यो फोहोर सफा गर्नु हो।”

उनले नेपाली कांग्रेस पनि हालको सरकारको हिस्सा भएकाले सरकारको कार्यक्षमता र प्रदर्शन सुधार गर्न आफू व्यक्तिगत र संस्थागत रुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

 

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com