काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना लामो समय बितिसक्दासमेत अपराधी पहिचान हुन नसकेको विषयमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान सक्रिय रूपमा अगाडि बढिरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सोमबार संसदमा प्रश्न दर्ता गर्दै निर्मला पन्तको हत्यारा अझैसम्म किन पत्ता लगाउन नसकिएको भनी गृहमन्त्री समक्ष गम्भीर जिज्ञासा राखेकी थिइन्।

‘तपाईं कञ्चनपुरकै प्रतिनिधि हुनुहुन्छ, गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएको छ,’ सांसद गौतमको प्रश्न थियो, ‘तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद छ। आफ्नै क्षेत्रको यस्तो जघन्य अपराधको यथार्थ पत्ता लगाउन तपाईंलाई केले रोकिरहेको छ?’

यसप्रति जवाफ दिँदै गृहमन्त्री लेखकले घटनाको गम्भीरता बुझेर सम्बन्धित निकायहरू अनुसन्धानमा निरन्तर संलग्न रहेको बताए।
‘निर्मला पन्तको हत्याको यथार्थ बाहिर ल्याउन सुरक्षा तथा अनुसन्धान निकायहरू पूर्ण सक्रिय छन्,’ उनले भने, ‘न्याय सुनिश्चित गर्न राज्य गम्भीर रूपमा लागि परेको छ।’

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com