काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाईएको हो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताईएको छ । पछिल्लो समय सरकारको निरन्तरताको विषयमा प्रश्न उठाउन थालिएपछि दुई नेता गम्भीर वार्तामा बसेका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा आन्दोलनरत शिक्षक, चिकित्सक र गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताईएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com