काठमाडौं । युक्रेनको पक्षमा युद्ध लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई रुसी सेनाले पक्राउ गरेको छ। रुसी-नियुक्त अभियोजकहरूका अनुसार, उनलाई १३ वर्षको जेल सजाय सुनाइएको छ।

३३ वर्षीय ओस्कर जेनकिन्सलाई रुसी नियन्त्रणको अदालतले पूर्वी युक्रेनमा ‘भाडाका सैनिक’ (Mercenary) को रूपमा युद्धमा सहभागी भएको अभियोगमा दोषी ठहर गरेको हो। उनलाई उच्च सुरक्षा भएको रुसी जेलमा राखिने बताइएको छ।

मेलबर्न निवासी जेनकिन्स पेशाले शिक्षक हुन्। उनी सन् २०२४ फेब्रुअरीमा युक्रेन पुगेका थिए र डिसेम्बरमा लुहान्स्क क्षेत्रमा पक्राउ परेका थिए।

जेनकिन्सलाई रुसी सेनाविरुद्धको सैन्य कारबाहीमा सहभागी भएको आरोपमा हरेक महिना ६ लाखदेखि ८ लाख रुबलसम्मको तलब दिइएको दाबी गरिएको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com