काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछि अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग ह्वात्तै बढाएको छ। निकै विवादपछि एमसीसी प्रक्रिया अघि बढेपछि अमेरिकाले नेपाललाई दिँदै आएको अनुदान बढाएको हो।

मन्त्रिपरिषद्‍को गत बुधबारको बैठकले अनुदान स्वीकृत गर्ने निर्णय समेत गरिसकेको छ।

advertisement

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को ६५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान स्वीकार गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

यस्तै, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकन डलर (१८ अर्ब) सहुलियत ऋण पनि सरकारले स्वीकार गरेको छ। दुवै गरेर सरकारले १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको हो।

विदेशी विनिमय सञ्चितिमा परेको चापबिच आएको अनुदान रकमले सरकारलाई सहज पुग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com