एजेन्सी । रुसी हमलाका कारण युक्रेनका करिब ५० लाख जनताले देश छाडेको राष्ट्रसंघले जनाएको छ।

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश  छाडेको जनाइएको छ। उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेका छन्।

advertisement

आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो देशका २ लाख १५ हजार नागरिकले पनि युक्रेन छाडेका छन्। तीमध्ये अधिकांश विद्यार्थी र आप्रवासी मजदुर छन्।

अधिकारीहरुले यसलाई युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट बताएका छन्। रुसी हमलामा लाखौँ युक्रेनी देशभित्रै पनि विस्थापित भएका छन्।

युक्रेनमाथि दोस्रो चरणको हमला गरेको रुसले पछिल्ला दिनहरुमा आफ्नो आक्रमण पूर्वतर्फ केन्द्रित गरेको छ।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com