काठमाडौ । महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको जस्तो भिजन भएको नेता नरहेको भन्दै प्रचण्डलाई साथ दिन अपिल गरेका छन् ।

एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता प्रचण्ड नै रहेको निश्कर्स निकालेका छन। ‘आजको राजनीतिक परिवेशमा प्रचण्ड अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ, अन्तवार्ताको क्रममा हमालले भनेका छन् ।

advertisement

हमालले आफू नेकपा माओवादी केन्द्रको कार्यकर्ता वा समर्थक नभएको तर प्रचण्डको काम र उनमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निश्कर्षमा पुगेको बताएका हुन् ।

‘एउटा नेतामा हुनुपर्ने गुण, प्रचण्डमा छ । केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ। उहाँ सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ। समाजमा बिभिन्न पक्ष हुन्छ, ती सवैमा प्रचण्ड निपुन हुनुहुन्छ, ’हमालले भनेका छन् ।

उनले भने, ‘आजको घडीमा नेपाललाई नेतृत्व गर्न प्रचण्ड असाध्यै सक्षम हुनुहुन्छ। म माओवादी बनेको छैन, बन्ने संभावना पनि छैन तर प्रचण्ड राम्रो नेता हो, उहाँलाई साथ दिनुपर्छ भन्ने कुरामा म ढुक्क साथ भन्छु।

स्रोत: धनकुटा खबर

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com