नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार यो विस्फोटन शुक्रबार भएको हो। तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरे पनि हताहतको विवरण भने पूर्ण रुपमा दिएको छैन।

advertisement

पहिचान नखुल्ने गरी धेरै शवहरू भुइँमा छरपस्ट रहेको र ज्यान जोगाउन भागेकाहरु रुखका हाँगाहरुमा चढेका सञ्चार माध्यमले जनाएको छ।

नाइजेरियाका स्थानीय सञ्चार माध्यमले १०० जना भन्दा धेरैको मृत्यु भएको जनाएका छन्।

यो तेल खानी नाइजेरियाका ठूला तेलखानी मध्ये एक रहेको जनाएका छन्। प्रहरीका अनुसार शुक्रबार अवैध तेल प्रशोधन केन्द्रमा बिस्फोट भएको थियो। जहाँ अपरेटर र उनका संरक्षक व्यापारको लागि भेला हुने गर्थे।

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com