रामेछाप । रामेछापको मन्थली नगरपालिका को प्रमुखमा यमबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्लामा भ्रष्टाचार विरुद्धको अभियान्ताका रुपमा परिचय बनाएका यमबहादुर थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मन्थली नगरपालिकाको प्रमुख पदका लागि आज आइतबार मनोनयन दर्ता गराएका हुन्।

advertisement

मनोनयन दर्तापछि स्वतन्त्र उम्मेदवार थापाले मन्थली नगरपालिकाको प्रमुख पदमा आफुले स्वतन्त्रबाट पहिलो नाम निर्वाचन कार्यालयमा दर्ता गराएको बताए ।

स्वतन्त्र उमेदवार थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मन्थली नगरपालिका वडा नं ३ कठजोरको वडाध्यक्षमा पराजित भएका थिए ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com