काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष ओलीलाई जवाफ दिनआज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ दिने बताइएको छ । 

नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्। मंगलबार मात्रै एक सार्वजनिक कार्यक्रममा एमालेका अध्यक्ष ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए । 

advertisement

ओलीको भनाईलाई लिएर अहिले काङ्ग्रेसले चर्को आलोचना गरिरहेको छ ।

 

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com