काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पदमुक्त भएका छन् । 
पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई पदमुक्त गरेको जनाएका छन् । 
पछिल्लो समय विप्लव चुनावको पक्षमा थिए भने बास्तोला र ओली विपक्षमा थिए । त्यहीबाट विवाद बढ्दै गएको थियो । आफूहरूमाथि कारबाही भएपछि के गर्ने भन्नेबारे छलफल भइरहेको नेता बास्तोलाले जानकारी दिए ।

उनका अनुसार नयाँ पार्टी गठन पनि विकल्प हुनसक्छ । स्थानीय तह निर्वाचनमा जाने विप्लवको प्रस्ताव फेल भएपछि आफूहरूमाथि कारबाही गरिएको बास्तोलाले बताए। 
प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार













प्रतिक्रिया