काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता ओलीले नभएर आफुले लेराएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले  ओली गुटले आफुले लेराएको भन्दै हिंडेता पनि त्यसमा उनको कुनै भूमिका नरहेको बताए ।

advertisement

एमालेको तत्कालीन ९ महिने सरकारको पालामा सुरु भएका
बृद्ध भत्ता , सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रम हरुमा केपी  ओली को कुनै भुमिका नभएको बताउँदै उनले भने -” २०५१ सालमा बुढापाकालाई भत्ता दिने सुरुवात हामीले नै गरेका हौं। हामीलेनै अपागंता भएकाहरुलाई विशेष सहुलीयत, एकल महिलालाई भत्ताको व्यवस्था गर्ने, जग्गा वितरण गर्नेजस्ता कामहरु सुरु गर्‍यौं ।’

वृद्ध भत्ता, सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नमिल्ने भन्दै  उनले   त्यसमा यदि कसैको भूमिका थियो भने केपी ओलीको नभएर आफू ,  मनमोहन अधिकारीको  र  भरतमोहन अधिकारीको भुमिका रहेको बताए ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com