काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आईजीपी नियुक्तिको तयारी भएको छ। नियुक्तिको निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। 
नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। प्रहरीका आईजीपी शैलेश क्षापा क्षेत्री र सशस्त्रका आईजीपी पुष्पराम केसी अवकाशमा जान लागेका हुन्। 
सशस्त्र प्रहरीमा एआईजी राजु अर्याललाई आईजीपी नियुक्त गर्ने तयारी छ । उनी एकल एआईजी भएकाले निर्विकल्प आईजीपी हुनेछन् । प्रहरीमा भने एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई आईजीपी बनाउन चाहेको बताइएको छ। 
प्रहरीमा एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा छन्। 
प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार












प्रतिक्रिया