नायिका स्वेता खड्का सक्रिय राजनीतिमा आएकी छिन् ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई कांग्रेसमा प्रवेश गरेकी हुन् ।                                                            उनी भन्छिन्  -‘विद्यार्थी जीवनदेखि नै विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पढ्दै आएकी थिएँ ।उहाँकै विचारधारामा आफूलाई समाहित गर्दै कांग्रेसमा आवद्ध भएकी हूँ ।’
यसै कारण आफूले नेपाली कांग्रेसबाट सक्रिय राजनीति थालेको र खुल्ला राजनीतिक मुलधारमा प्रवेश गरेको उनले बताइन् ।
‘पोलिटिक्स इज् ए डर्टी गेम ‘भन्छन् नि भन्ने प्रश्न मा उनी भन्छिन् -‘ पोखरी फोहर भयो भनेर पोखरीको ‘लेउ’लाई गाली गर्नुभन्दा त्यो लेउ हटाउन आफैँले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्छ।’
सबै पार्टीमा धेरथोर लेउ लागेको भन्दै उनले त्यस्को सरसफाइको लागि सबैको सक्रियता को खाँचो रहेको बताइन् ।

 

advertisement

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com