प्रधानमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवाले काठमाडौं मा आज चुनावी सभालाई सम्बोधन गर्ने बताईएको छ ।

कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने बताएकोमा हिजो भरतपुरमा सम्बोधन गरेका देउवा आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभामा सम्बोधन गर्ने भएका हुन् ।

advertisement

सभापति देउवा सहित नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले पनि आज चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त चुनावी सभा केन्दृत कार्यक्रम आज दिउँसो १ बजे शान्तिबाटिकामा हुने बताईएको छ ।

सभापति देउवाले हिजो सम्बोधन गरेको चितवन को भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्र कि उम्मेदवार रेनु दाहाल थिइन् भने आज को चुनाव केन्द्रित कार्यक्रम हुने काठमाडौं महानगरमा भने सत्ता गठबन्धन को तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयर उम्मेदवार रहेकी छिन्।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com