काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ।

मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुनेछन्। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको हो।

advertisement

यस्तै आयोगले मतदाता शिक्षा पनि दिने भएको छ। मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

यसअघि आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षणसमेत दिएको थियो।

 

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com