काठमाडौं । राजा ज्ञानेन्द्र शाहले चाबहिल स्थित ‘हाकु मल्टी क्युजिङ डाइनिङ’मा आज बिहिबार सांझ डिनर गर्नुभएको छ।

राजा ज्ञानेन्द्र शाह परिवार सदस्य सहित बेलुकी ७:४० बजे हाकु डाइनिङ चाबहिल आउनुभएको हो। राजपरिवारले अहिले हाकु डाइनिङमा समय ब्यतित गरिरहनुभएको छ। 

advertisement

सुटुक्क चाबहिल स्थित हाकु डाइनिङ आउनु भएको राजा ज्ञानेन्द्र शाहलाई भब्य स्वागत गरिएको छ।

रेस्टुरेन्ट संचालक सौरभ भण्डारी, बसन्त बिक्रम पाण्डे लगाएतले राजा ज्ञानेन्द्रलाई सम्मान सहित रेस्टुरेन्टमा स्वागत गरेका थिए। गोपिकृष्ण पछाडि चलचित्र बोर्ड संगै रहेको ‘हाकु डाइनिङ’ हालसालै खोलिएको मल्टी क्युजिङ डाइनिङ रेस्टुरेन्ट हो।

 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com