काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ। 

प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको हो। पीडितले नाम नै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन्। 

advertisement

एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाका व्यक्तिले बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेपछि अधिकारकर्मीहरुले चर्को आलोचना गरेका छन्। 

प्रकाशित मिति: ७ जेष्ठ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com