पाँचथर । मिक्लाजुङ गाउँपालिका–६ लिम्बाका रिंकनाथ आङबुहाङको भीरबाट लडेर मृत्यु भएको छ ।
७१ वर्षीय आङबुहाङ शनिबार बिहान स्थानीय कन्याटार बजार भनेर निस्किएका थिए । साँझसम्म पनि नर्फेपछि खोजतलास गर्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार आङबुहाङको शव पोष्टमार्टमका लागि आधारभूत अस्पतालमा ल्याईएको छ ।साथ साथै घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार













प्रतिक्रिया