काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी)मा सहभागी हुन भन्दै पठाएको पत्रबारे नेपाली सेनाको मुख्यालयमा आकस्मिक बैठक सुरू भएकाे छ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर भएको पत्र आज सार्वजनिक भएपछि जंगीअड्डामा आकस्मिक छलफल थालिएको हो।

advertisement

आज बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको छ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको १५ दिनपछि क्षत्रीले एसपीपी अघि बढाउन अमेरिकी राजदूत अलाइना बी. तेप्लिजलाई पठाएको भन्दै बिहीबार एउटा शंकास्पद पत्र बाहिरिएको हो।

प्रकाशित मिति: २ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com