मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ। शनिवार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराएको छ।

किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्रै बनाएको छ। कुवेतका लागि प्रियादा मुरालीले ३१ रन, मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् ।

advertisement

बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक÷एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो। कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने इन्दु बर्माले २८, ज्योती पाण्डेले १५ र विन्दु रावलले ११ रनको योगदान गरे।

बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई, मारियम ओमार र खादिला खाजिलले एक÷एक विकेट लिए।

यो जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । अब नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com